आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आजको विदेशी मुद्राको विनिमय दर

dolar

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७५ पैसा र बिक्री दर १२० रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९० रुपैयाँ २७ पैसा रहेको छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९४ पैसा रहेको छ । 

यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ८० पैसा र बिक्री दर १३९ रुपैयाँ ५० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ४५ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३२ पैसा र बिक्री दर १३० रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिहीबार चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ०५ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९३ पैसा र बिक्री दर ३२ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);