सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते

सुर्खेत । सुर्खेतमा घाँस काट्न सामुदायिक बनमा पुगेका दुईजना बेवारिसे बम पड्किँदा घाइते बनेका छन् । वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे घाँस काट्न गएका दुई दिदी, भाइ बम विस्फोटमा परि घाइते भएका हुन् ।

घाइते हुनेहरुमा दैलेखको गुराँस गाउँपालिका–६ का २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाँस काट्दै जाँदा खुट्टाले अचानक बम छुँदा विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घटनाबारे थप अनुसन्धान भै रहेको प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);