काँग्रेस उम्मेदवारको घोषणा : 'चुनाव जिते सम्पूर्ण तलब जनताको स्वास्थ्यमा खर्चन्छु' | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

अर्घाखाँची, १८ कार्तिक । अर्घाखाँचीमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका डा रामबहादुर बिसीले आफूले पाउने तलब भक्ता स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन्।

आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र सरकारले दिने रु एक लाखले मात्र क्यान्सरको उपचार सम्भव नभएर हजारौँको ज्यान गएको कारण आफू निर्वाचनमा विजय भएमा आफूले पाउने सबै तलब, सेवा-सुविधा क्यान्सर रोगीको उपचारमा खर्च गर्ने घोषणा गरेका हुन्।

सन्धिखर्कमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. बिसीले जनता जनार्दन भएकाले आफूले पाउने तलब तथा सेवा सुविधा जनताकै नाममा खर्च गर्ने बताएका हुन्। विकास गर्नका लागि उम्मेदवार भएको र जिल्लाको विकासका लागि निरन्तर लाग्ने बिसीले बताए।