हुम्लामा घर भासिदा एकै परिवारका ६ जना पुरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

हुम्लामा घर भासिदा एकै परिवारका ६ जना पुरिए

हुम्ला । हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् ।

खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका  धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा सहित ६ जना पुरिएका हुन् ।

एकै परिवारका ६ जना पुरिएको  खबर सार्वजनिक भएपछि बुधबार बिहान प्रहरी टोली घटनास्थलतर्फ जान लागेको हुम्लाका प्रमुख डिएस्पी हेरम्ब शर्माले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);