लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना

उदयपुर । सप्तकोशी किनारास्थित उदयपुरको बेलका नगरपालिका- ८ लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना भएको छ । धरान उपमहानगरपालिका– ४ बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ अचानक वर्षातसँगै आएको हावाहुरीले उडाएर सप्तकोशीको लाहुरेखोँच पुर्‍याएका थिए । 

प्याराग्लाइडिङ दुर्घटनामा धरान उपमहानगरपालिका– ४ का ४८ वर्षिय रोसन अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते अधिकारीको दुर्घटनामा पछाडिको ढाड भाँटिएको हुन सक्ने अनुमान गरिएको छ । उनलाई तत्काल उद्धार गरि उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान (घोपा) पठाईएको चतरास्थित अस्थायी प्रहरी पोष्टले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);