भुईफसी कुभिण्डो जात्रासँगै खाःपिहावईगु जात्रा | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

भुईफसी कुभिण्डो जात्रासँगै खाःपिहावईगु जात्रा

काठमाडौं । हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा भुईफसी कुभिण्डो जात्रासँगै खाःपिहावईगु जात्रा मनाइएको छ ।

मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारयाण भवगान, बालकुमारीलगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ध गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी बालकुमारी मन्दिर परिसरमा भूईफसी कुभिण्डो काटमार गर्ने गरिन्छ ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा ढाल, खड्ग तथा तरबारसहितको युद्ध कवाज प्रदर्शन गर्ने चलन छ । गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गरिन्छ ।

जात्रालाई नगरका विभिन्न टोलमा प्रदर्शन गरिन्छ । एकादशी भएकाले कुभिण्डोलाई बालकुमारी पीठमा बली दिइन्छ । बलि दिइएको कुभिण्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविस्वास छ । गतवर्ष कोरोना भाइरसको कारणले जात्रा रोकिएपनि यस वर्ष मनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);