दाहलको आत्महत्याको मोडसम्म पुगेको अभब्यक्ति चर्चामा (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

दाहलको आत्महत्याको मोडसम्म पुगेको अभब्यक्ति चर्चामा (एक रिपोर्ट)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफु आत्महत्याको मोडसम्म पुगेको भन्दै दिएको अभिब्यक्ति यतिवेला चर्चामा छ । दाहालको यही अभिब्यक्ति लिएर सामाजिक सञ्जालदेखि चोकचोकमा गफिनेहरुको समय बिताउने बाटो बनेको छ ।

धेरैले प्रचण्डको अभिव्यक्तिलाई सहानुभूति बटुल्नका लागि फालिएको अस्त्रका रूपमा बुझेका छन् भने केहीले भने साँच्चै निरासा पैदा भएर आएकोे आँकलन गरेका छन् ।

माओवादी अध्यक्ष पुष्कमल दहालले विहिवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको कार्यक्रमलाई सम्वोधन गर्दे भगतसिंहको फिल्मको सन्दर्भ निकाल्दै आफू मर्ने कि लड्ने अवस्थामा पुगेको भन्ने अभिब्यक्तिले यतिबेला सर्वत्र चर्चा पाएको छ ।

बेलाबेला यस्तै फन्डा गरेर चर्चामा आउने दाहालले यसपटक पनि जनताको ध्यान तान्न फालेको अस्त्र हो कि साँच्चै विक्षिप्त बनेका हुन् भन्ने खुल्न सकेको छैन । धेरैले प्रचण्डको अभिव्यक्तिलाई सहानुभूति सङ्कलन गर्न फालिएको अस्त्रका रूपमा बुझेका छन् । केहीले भने साँच्चै विरक्तिएरै पनि भनेको हुनसक्ने आँकलन गरेका छन् ।

दर्शकलाई आफूतिर आकर्षित गर्न माहिर प्रचण्डले एकताका अहिलेको राष्ट्रपति भन्दा राजा नै ठिक भएको प्रतिक्रिया त कहिले फेरी क्रान्तिमा जाने अभिब्यक्तिहरु दिने गरेका थिए । यति मात्रै होइन, उनका पछिल्ला भाषण कि त अति उत्तेजित कि अतिभावुक हुने गरेका छन् ।

कुनैबेलाका क्रान्तिकारी नेतामा आएको यो अस्थिर मनस्थिति स्वभाविक भने हैन । पहिलो संविधानसभामा देशकै पहिलो पार्टी अहिले निरन्तर कमजोर बनिरहेको छ । एकातिर पारिवारिक वियोग, अर्कोतिर कमजोर बन्दै गएको आफ्नो पार्टीको अवस्था–यी दुई परिस्थितिले पनि दाहालमाथि निरासा पैदा भएको हुन सक्ने आँकलन गर्न सकिने सरोकारवाला बताउँछन ।

देशको शीर्षस्थ एवम प्रभावशाली नेताले आत्महत्याको सोच बनाउनु उचित होइन । यदि विगतका गल्ती–कमजोरी सुधार्ने खोजेको हो भने यो उपयुक्त बाटो पनि होइन । आफूले हिँडेर आएको बाटो गलत थियो भने त्यसमा जनतासामु उभिएर माफी माग्ने हो, पलायन हुने होइन ।

निरासा पैदा भएको हो भने पनि आत्महत्या जस्ता अभिब्यक्ति सार्वजनिक रुपमा दिदै हिड्नुले स्वयं दाहालको भब्यिमाथि प्रश्न उठ्नुका साथै कार्यकर्तामा निरासा नछाउला भन्न सकिदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);