आज विश्व पशु दिवस : पशुको संरक्षण कसले गर्ने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आज विश्व पशु दिवस : पशुको संरक्षण कसले गर्ने ?

काठमाडौं । आज ४ अक्टोबर अर्थात् विश्व पशु दिवस । ‘वन र आजीविकाः दिगो मानिस र ग्रह’ भन्ने मूल नाराकासाथ यस वर्षको विश्व पशु दिवस मनाइँदै छ ।संसारबाट लोप हुन लागेका जनावरको संरक्षण गर्नुको साथै महत्वको बारेमा जागरूक गराउन हरेक वर्षको ४ अक्टोबरका दिन विश्व पशु दिवस मनाइन्छ । 

विश्व पशु दिवसको इतिहास
हेनरीच जिमरम्यानले सन् १९२५ को मार्च २४ का दिन बर्लिनको स्पोर्टस् प्यालेसमा विश्वमा पहिलो पटक विश्व पशु दिवसको आयोजना गरेका थिए । सन् १९३१ मा इटलीमा आयोजना गरिएको पशु संरक्षण सम्मेलनले अक्टोबर ४ लाई विश्व पशु दिवसको रूपमा स्वीकार गरेको थियो । सुरुमा जर्मनले मात्र स्वीकार गरेको विश्व पशु दिवस विस्तारै संसरभर फैलिएको होे ।

आजै इटालियन सन्त तथा पशुका संरक्षक ‘फ्रान्सिस अफ एसीसी’को जन्मोत्सवसमेत मनाइन्छ । ११औँ शताब्दीदेखि नै विश्व समुदायमा उनी पशु संरक्षकका रुपमा चिनिँदै आएका छन् ।

जनावरको योगदान र महत्व
पर्यावरण संरक्षणमा प्राणी, जीवको आवश्यकता रहन्छ । वायुमण्डलमा भएको कार्वन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको उत्तिकै योगदान रहन्छ ।

विश्वमा वार्षिक तीन खर्ब किलो मासु उपभोग गरिन्छ । मानिसको पेट भर्न मात्रै हरेक वर्ष ८० अर्बभन्दा बढी जनावरले बलीदान गरिरहेका छन् । पूर्वीय सभ्यतामा जनावरलाई विशेष स्थान दिइएको छ । हिन्दू धमावलम्बीमा पशुलाई देवताको प्रतिकको रुपमा पूजा गर्ने संस्कार रहेको छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको बहानको रुपमा पुज्ने प्रचलन छ ।

तिहार विशेष गरी पशुमा नै केन्द्रित छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतिक मानेर  पुजिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);