कतारमा पहिलो पटक निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कतारमा पहिलो पटक निर्वाचन

एजेन्सी । कतारमा पहिलो पटक विद्यायक छान्नका लागि निर्वाचन सम्पन्न भएको छ ।  निर्वाचनमा करिब ६४ प्रतिशतले मतदान गरेका छन् । ४५ सदस्यीय सुरा काउन्सिलको  ३० सदस्यका लागि  निर्वाचन भएको हो ।

काउन्सिलका बाँकी १५ जना सदस्य कतारका अमिरले नियुक्त गर्नेछन् ।  कूल  दुई सय ३३ उम्मेदवारमध्ये २६ महिलाले चुनावमा प्रतिष्पर्धा गरेका थिए । सुरा काउन्सिलले देशको केही कानुन र बजेट अनुमोदन गर्छ ।

आर्थिक लगानी,  प्रतिरक्षा र सुरक्षासम्बन्धी नीतिमा भने कान्सीलले कुनै सुझाब  दिन सक्दैन । निर्वाचनमा महिला र पुरुषका लागि अलग अलग बुथको व्यवस्था गरिएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);