तथ्यांक विभागले त्यस क्षेत्रका घर घर मै पुगेर जनगणना गर्ने तयारी गरेको छ । दार्चुलाका व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३ सय २० परिवारका एक हजार जनाको गणना गर्न घरदैलोमै पुग्ने तथ्यांक विभागले जनाएको छ ।
यस अघिको तथ्याङ्कमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ । कालापानी र लिपुलेकमा पुगेर गणना गर्न कुनै समस्या नरहेको विभागको विश्वास छ ।
कुनै समस्या आए कुटनैतिक पहलबाट अथवा वैकल्पिक विधि अपनाएर पनि गणना गर्ने बताइएको छ । विभागले तालिम दिएर आठ हजार सुपरभाइजरलाई गत भदौ ३० गतेबाट देशभर खटाइसकेको छ । विभागले असोज १८ गते भित्र पहिलो चरणको घर सूचिकरणका काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।