एमाले विधान महाधिवेशन : टोली नेताबाट सुझाव प्रस्तुत हुँदै, कर्णालीका बोगटीले सुरु गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले विधान महाधिवेशन : टोली नेताबाट सुझाव प्रस्तुत हुँदै, कर्णालीका बोगटीले सुरु गरे

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिवेदनमाथि टोली नेताबाट सुझाव प्रस्तुत कार्य प्रारम्भ भएको छ ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरुलाई समूहका नेताले प्रस्तुत गरिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको थियो । समूहका टोली नेताले छलफलबाट आएको सुझाव प्रस्तुत गर्न थालेका हुन् ।

यसको सुरुवात कर्णाली प्रदेशबाट टोली नेता गोरखबहादुर बोगटीले गरेका छन् । उनले तीनवटै प्रतिवेदनमाथिको सुझाव प्रस्तुत गरिरहेका छन् । आज १० वटै टोली नेताले गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा सुझावहरु प्रस्तुत गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);