मनोनयन दर्ताकै दिन कांग्रेस पार्टी कार्यालयमा तालबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाँके, १६ कार्तिक । दोस्रो चरणको निर्वाचनका लागि बिहीबार उमेदवारको मनोनयन दर्ताको लहर चलिरहँदा बाँकेमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले भने पार्टी कार्यालयमा ताला लगाइदिएका छन् । टिकट वितरणमा भेदभाव गरिएको आरोप लगाउँदै असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुले बिहीबार नेपालगन्जस्थित कांग्रेस कार्यालयमा ताला लगाइदिएका हुन् ।
आफ्ना कार्यकर्तालाई भन्दा राप्रपा पार्टीका सदस्यलाई टिकट वितरणमा प्राथमिकता दिएको समेत उनीहरुको आरोप छ।

कोहलपुर नगर सभापति बलराम शर्मा र महासमिति सदस्य दुखीराम लोनियाले बिहीबार नै पार्टीको टिकट वितरणमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका छन् । उनीहरुलाई समर्थन गर्दै पार्टी कार्यलयमा कार्यकर्ताहरुले ताला लगाइदिएका थिए।

अन्य पार्टीका उम्मेदवारहरुले हर्षउल्लास सहित मनोनयन दर्ता गरिरहँदा कांग्रेसका उम्मेदवार भने तनावग्रस्त मुद्रामा बसिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);