पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक : अर्थमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताएका छन् ।

मंगलबार पेरिसडाँडामा आयोजित पार्टीनिकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्णबैठकलाई सम्बोधन गर्दै नेता शर्माले नेपाली विशेषताको समाजवादमा जान पूर्णसमानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताए ।

ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था नभएकाले पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्ने बताएका हुन् ।

राजनैतिक सत्ता परिवर्तन भएपनि पुरानो सामाजिक सांस्कृति सत्ता यथावतै रहेको र दलित समुदायमाथि भइरहेको सांस्कृतिक उत्पीडन र विभेद त्यसकै परिणाम भएको बताए ।

संगठनको स्वरुप परिवर्तन गर्दै पार्टी र जनवर्गीय संगठनहरुका हरेक इकाईलाई उत्पादन इकाईको रुपमा बदल्नुपर्नेमा उनको जोड छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);