विद्यार्थीलाई अनलाईन कक्षाका लागि निशुल्क मोबाईल वितरण | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

विद्यार्थीलाई अनलाईन कक्षाका लागि निशुल्क मोबाईल वितरण

काभ्रे । कोभिड १९ का कारण अध्ययन अध्यापनमा अप्ठ्यारो भएका विद्यार्थिलाई मोबाईल वितरण गरिएको छ ।

विद्यार्थिलाई भौतिक रुपमा विद्यालयमा उपस्थित गराएर पठनपाठन गराउन समस्या देखिएपछि घरमै बसेर अध्ययन अध्यापन गराउने उद्धेश्यले डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत आर्थिक स्तर कमजोर भएका परिवारका विद्यार्थिलाई काभ्रे किवानीस कल्ब अफ काभ्रले निशुल्क मोबाईल वितरण गरेको संस्थाका सदस्य माधव श्रेष्ठले जानकारी दिए ।

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं ९ स्थीत कर्थरी मा.वि मा रहेका १० जना विद्यार्थिलाई निशुल्क एन्ड्रोईड मोबाईल प्रदान गरिएको छ । संस्थाले विद्यार्थिलाई समय सापेक्ष शैक्षीक सामाग्री सहयोग कार्यलाई निरन्तर अगाडि बढाईरहेको पूर्व अध्यक्ष समाजसेवी रंजीव श्रेष्ठले बताए ।

Leave a Reply