एप्सबाट हिसाब राख्दै समायानुकुल सम्झाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एप्सबाट हिसाब राख्दै समायानुकुल सम्झाउने

प्रदिप ढुंगाना
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित वेदान्त टेक्नोलोजिज प्रा.लि ले मोबाइल खाता सञ्चालनमा ल्याएको छ । व्यापार व्यसायलाई लक्षित गर्दै मोबाइल खाता एप्स सञ्चालनमा ल्याइएको हो । ‘मोबाइल हातमा खाता साथ’मा भन्ने नारासहित एप्स ल्याइएको प्रबन्धक भरत सापकोटाले बताए ।

व्यापार व्यवसाय डिजिटल बनाउन मोबाइल खाता कोशेढुंगो सावित हुने उनको दाबी छ । पुरानो खाता प्रणालीलाई व्यवस्थित गर्दै व्यवसायमा हुने ससाना चुहावट रोक्न मोबाइल खाता प्रविधि उचित हुने सापकोटाले जानकारी दिए ।

चाँडै कम्प्युटरमा पनि सञ्चालन गर्न सकिने बताउँदै उनले एक महिनाका लागि मोबाईलमा निशुल्क चलाउन आग्रह गरे । मोबाईल खातालाई आवश्यक्ता अनुसार परिमाजित गर्दै जाने उनको भनाई छ ।

इ–सेवा, खल्तीलगायत अन्य एप्सहरु पैसा लेनदेन गर्न मिले पनि यो एप्सबाट हिसाब राख्दै समायानुकुल सम्झाउने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);