एमाले सांसदलाई संवादमा आउन सभामुखको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले सांसदलाई संवादमा आउन सभामुखको आग्रह

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् । लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।

तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । सोही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);