सहकारीको ६२ लाख हिनामिना गर्ने फरार आरोपी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

सहकारीको ६२ लाख हिनामिना गर्ने फरार आरोपी पक्राउ

सिन्धुपाल्चोक । सहकारी खोलेर साढे ६२ लाख रुपैयाँ हिनामिना गरेर फरार भएका आरोपमा प्रकाश श्रेष्ठ पक्राउ परेका छन् । साँगाचोकमा दिपसिन्धु बचत तथा ऋण सहकारी संस्था खोली बचत गरेका ६७ जनाबाट संकलन भएको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

विभिन्न प्रलोभन देखाएर ६७ जनबाट बचत गराएको ६२ लाख ६६ हजार दुई सय ३९ रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

Leave a Reply