काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।
आज बिहीबार राष्ट्रपतीको कार्यालयमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् ।
प्रधानसेनापती शर्माले आजै राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।