एमसीसी पास भए अमेरिकाले क्षेप्यास्त्र प्रहार गर्न सक्छ : देव गुरुङ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एमसीसी पास भए अमेरिकाले क्षेप्यास्त्र प्रहार गर्न सक्छ : देव गुरुङ (भिडियोसहित)

काठमाडौं । देश भर एमसीसी परियोजना पास हुन्छ की हुँदैन भन्ने विषयमा पक्ष र विपक्षमा तर्क भैराखेका छन् । आ-आफ्नै विषयमा तर्क प्रस्तुत भैरहँदा राजनैतिक दलहरु पनि एमसीसीको विषयमा के गर्ने भनेर स्पष्ट हुन सकिरहेका छैनन् । हठातमा अन्त्य भएको संसदको अधिवेशन पुनं सुचारु भएको छ । यो अधिवेशनले जनताको जीवीकोपार्जनका कुरा भन्दा पनि एमसीसी पास गर्नमा उद्धत देखिन्छ ।

यस अघि नै प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीको विषयलाई अनावश्यक उल्झनमा नपार्न अनुरोध गरिसकेका छन् । सत्ता साझेदार दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले यही अवस्थामा एमसीसी पास गर्न नसकिने बताईसकेका छन् । नेकपा समाजवादी एसले पनि यसै अवस्थामा एमसीसी पास गर्न साथ नेदिने बताएको छ ।

यो अवस्थामा सत्ता साझेदार दलका नेताहरु एक मत देखिएका छैनन् । विगतमा एमसीसीका पक्षधर रहेका पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले मौन देखिएका छन् । उनको मौनता पास हुनका लागि हो या पास नहुनका लागि भनेर छुट्याउन सकिने अवस्था छैन । देश तथा विदेशमा बस्ने नेपालीहरुले एमसीसीलाई गम्भिर रुपमा लिएका छन् ।

एमसीसीलाई लिएर देशभित्रको राजनैतिक सरगर्मी उतिकै बढेको छ । एमसीसीका उपाध्यक्ष फातेमा काठमाडौंमा छिन् । हेर्दा देखिन्छ फातेमाको भ्रमण दबाब मुलक हुनेछ ।

एमसीसी नेपाललाई कति उपयुक्त अनि कनि अनुपयुक्त भन्ने विषयमा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङसँग माउन्टेन टेलिभिजन एचडिका लागि मञ्जु कार्कीले गरेको कुराकानी ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);