स्थानीय तहका निजामति कर्मचारी आन्दोलनमा, बिभेदपूर्ण नीति हटाउन माग | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

स्थानीय तहका निजामति कर्मचारी आन्दोलनमा, बिभेदपूर्ण नीति हटाउन माग

काठमाडाैं । निजामती कर्मचारीलाई स्थानीय तहमा बिभेद भएको भन्दै स्थानीय तह कर्मचारी हकहित मञ्च बिरोधमा उत्रिएको छ। मञ्चको जिल्ला संयोजन समिति, सप्तकोशी नगरपालिकाका कर्मचारीहरु निजामति सेवा दिवस कै दिन हातमा कालो पट्टि बाँधेर प्रदर्शनमा उत्रिएका हुन।

कर्मचारी समायोजनका क्रममा दश हजार कर्मचारीहरु ७ सय ५३ पालिकाहरुमा सिफारिस भइ कार्यरत छन। जनताको नजिकबाट सेवा प्रवाह गर्ने स्थानीय तहका कर्मचारीलाई दोस्रो दर्जाका कर्मचारीको जस्तो व्यवहारबाट संघीयता कार्यान्वयन हुन नसक्ने र खुसी नेपाल समृद्व नेपालको सपना समेत साकार हुन नसक्ने भएकाले सबै कर्मचारीलाई एउटै व्यवहार गर्नुपर्ने सप्तकोशी नगरपालिकाा शिक्षा शाखा प्रमुख रमेख खड्काले बताए ।

निजामति सेवा दिवसको दिनमा प्रत्येक पालिकाहरुमा निजामती दिवसलाई लक्षित गरी कुनै पनि कार्यक्रम नगर्ने, गरिएका कार्यक्रमहरुको वहिष्कार गर्ने, हातमा कालो पट्टि बाँधेर बिरोध गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । आफुहरुलाईनिजामती कर्मचारीको परिभाषाबाट बाहिर राखिएको, सेवा सुविधाको सम्बन्धमा कुनैपनि नीतिगत व्यवस्था नै नगरिएको, वृत्तिपथको आधार सुनिश्चित नगरी अन्यौलताको अवस्था सृजना गरिएको, सेवा प्रवेशकालिन तालिम लगायतबाट वञ्चित गराइएको, निजामति अस्पतालबाट पाइने सेवा सुविधाबाट वञ्चित गराइएको, स्थानीय तहको सेवारत कर्मचारीको सरुवा व्यवस्थामा कर्मचारीतन्त्रको उपहास गरी दुइपालिकाको सहमतिमा पालिका प्रमुखको हस्ताक्षर अनिवार्य गरिएको, यसले जनप्रतिनिधिलाई जवरजस्ती प्रशासनिक कार्यमा हस्तक्षेप गर्न प्रोत्साहित गरेको जसका कारण आफुहरु नातावाद, कृपावाद, चाकडिलाई प्रश्रय दिने विभेदकारी नीतिगत निर्णय लागु गरेको उनीहरुको गुनासो छ ।

यसैगरी स्थानीय तहको सेवामा बहाल रहँदा कामकाजको सिलसिलामा दुर्घटना गरी ज्यान गुमाउने कर्मचारीहरुका आश्रित परिवारले पाउनु पर्ने सुविधाबाट वञ्चित गराइएको, कार्यसम्पादन मूल्यांकन नीतिगत सुनिश्चितता नभई हचुवाको भरमा हुने, कर्मचारी संयोजनको नाममा विकृतिलाई मलजल गरेको उनीहरुको गुनासो छ । स्थानीय तहका कर्मचारीको मुहारमा मुस्कान नभए सम्म मुस्कान सहितको सेवा दिन असम्भव भएकाले कर्मचारीहरुलाई समान नीतिगत व्यवस्था गरी व्यवहारिक कार्यान्वयन गनुपर्ने उनीहरुको माग छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);