सरकारले २ वर्षदेखि सर्वाेत्कृष्ट निजामति कर्मचारी छनोट गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले २ वर्षदेखि सर्वाेत्कृष्ट निजामति कर्मचारी छनोट गर्न सकेन

karmachari

सीता शर्मा
काठमाडौ, ३० भदाै । निजामति सेवा नियमावली २०५० को दफा ११६ मा हरेक वर्ष निजामति दिवसको अवसर पारेर निजामति कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अनुरुप सरकारले १ सर्वाेत्कृष्ट, १० उत्कृष्ट र ३० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार सहित ४१ जना निजामति कर्मचारीलाई निजामति सेवा दिवसको अवसर पारेर सम्मान गर्ने उल्लेख गरीएको छ ।

तर निजामति सेवा नियमावलीमा रहेको यो व्यवस्था अनुरुप उत्कृष्ट र निजामति सेवा पुरस्कारका लागी कर्मचारी छनोट भएपनि सर्वाेत्कृष्ट निजामति सेवा पुरस्कार भने गएको दुई वर्षमा कुनै कर्मचारीले पाएका छैनन् ।

मन्त्रालय र संवैधानीक अंग मार्फत सर्वाेत्कृष्ट कर्मचारी पुरस्कारका लागी सिफारीस गरीने भएपनि गएको २ वर्षदेखि मन्त्रालय र संवैधानीक अंगबाट सर्वाेत्कृष्ट कर्मचारी हो भनी सरकार समक्ष सिफारीस नै गएको छैन ।

८० हजार भन्दा बढी निजामती कर्मचारीहरु कार्यरत नेपालको निजामति प्रशासनमा एक जना पनि सर्वाेत्कृष्ट कर्मचारी सरकारले छनोट गर्न नसक्नु निकै लज्जास्पद कुरा हो ।

मन्त्रालयले आफु मातहतका कर्मचारीलाई उत्कृष्ठ कर्मचारी र निजामति पुरस्कारका लागी सिफारीस गरेपनि सर्वाेत्कृष्ट पुरस्कारका लागी भने कर्मचारी छनोट गर्न नसकेको हो ।

कर्मचारीको सेवा अवधि, उनीहरुको कार्यसम्पादन, इमान्दारीता लगायतलाई आधार मानेर निजामति सेवा पुरस्कारका लागी कर्मचारी छनोट गरीने भएपनि त्यो पुरस्कार निश्पक्ष रुपमा कर्मचारीको कामलाई मुल्याङकन गरेर दिन नसकिएको कतिपयको बुझाई छ ।

आफु निकटका व्यक्तिहरुलाई मन्त्रालय वा सरकारी निकायले पुरस्कारका लागि सिफारीस गर्ने गरीएकोले बस्तुगत रुपमा कर्मचारीको सेवा मुल्याङक नगरी दिइएको पुरस्कारले झन अन्य कर्मचारीमा निशासा पैदा गराउने प्रशासन क्षेत्रका जानकारहरु बताउछन् ।

सरकारले प्रत्येक वर्ष सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्ने नियमावलीमा व्यवस्था भएपनि त्यसका लागी उपयुक्त कर्मचारी पाएन भने छनोट गर्नुनै पर्छ भन्ने नभएको प्रशासनविद् काशिराज दाहालको बुझाई छ ।

सरकारले सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न नसक्नुलाई नेपाली कर्मचारीतन्त्रमा जनमुखी इमान्दारीता र राष्ट्र सेवक इमान्दार कर्मचारीको खडेरी देखिन्छ । यसअघि सर्वाेत्कृष्ट कर्मचारी छनोट भएका व्यक्तिहरु पनि विवादमा तानिएका थिए ।

त्यसैले सरकारले जनताप्रति इमान्दार भएर निजामति सेवामा रहेका कर्मचारीलाई सहि र निश्पक्ष मुल्याङकन मार्फत सर्वाेत्कृष्ट कर्मचारी छनोट गरी निजामति कर्मचारीलाई प्रोत्साहन गनुपर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);