काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि साेमबार पनि सुन प्रतितोलाको ९१ हजार ४ सयमा कारोबार भएको थियो ।
साेमबार एक हजार २ सय ३० मा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि एक हजार २ सय ३० नै रहेको छ ।