पन्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूको दाबी | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

पन्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूको दाबी

एजेन्सी । अफगानिस्तानको पन्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दाबी गरेका छन् ।

विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा दोहोरो भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो ।

तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

तालिबान विद्रोहीहरूले पन्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन् । दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ ।

त्यस क्षेत्रमा अहिले पनि भिडन्त जारी नै रहेको जनाइएको छ । पन्जशिर उपत्यकामा भिडन्तका कारण सञ्चार सेवा पनि टुटेकाले थप विवरणहरू सार्वजनिक हुन गाह्रो भएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन् ।

भिडन्तका क्रममा पन्जशिरमा कैयौँको मृत्यु पनि भएको र कैयौँ घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);