ओलीको प्रश्न : कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति बनाएको ? | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

ओलीको प्रश्न : कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति बनाएको ?

काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरेका छन् ।

शनिबार राष्ट्रिय सभागृहमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई गर्दै ओलीले नेपाल-चीन सीमा विवाद भनेर समिति गठन गरिएकोमा आपत्ति जनाए । उनले कसलाई खुसी पार्न समिति गठन गरेको भनेर प्रश्नसमेत गरे ।

सरकारले हुम्लालगायत उत्तरी सीमामा विवाद देखिएको भन्दै गृह मन्त्रालयका सहहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

यसमा प्रतिक्रिया जनाउँदै ओलीले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विपवाद भनेर समिति बनाउनुपर्‍यो ? म चुनौतीका साथ भन्छु यो समितिले सीमा विवाद देखाओस् । सीमा विवाद छैन । कसलाई खुसी पार्न खोजेको हो ?’

वर्तमान सत्ता गठबन्धनले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको अध्यक्ष ओलीको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);