हतियार चोरीमा जेल परेका सेना निर्दोष ठहरिए, ३० महिनापछि जेलबाट छुटे | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

हतियार चोरीमा जेल परेका सेना निर्दोष ठहरिए, ३० महिनापछि जेलबाट छुटे

काठमाडाैं । हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल परेका नेपाली सेनाका दुई जवान ३० महिनापछि निर्दोष ठहरिएका छन् ।

सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोर्ट मार्सल गरेको थियो । उनीहरू सैनिक विशेष अदालतबाट शुक्रबारको फैसलामा निर्दोष ठहरिएका हुन् ।

०७५ साल पुस ४ गते हतियार चोरेको आरोप लव र सरोजमाथि थियो । त्यतिखेर समरी अदालतबाट उनी ०७५ चैत २८ गते कारागार चलान भएका थिए । लवकुमार १० र सरोज ७ वर्षका लागि जेल सजाय तोकिएको थियो । चोरी गरिएको हतियार बेचेको आरोमा दुई जना सर्वसाधारण तारा तामाङ र पवन गुरूङले भने सफाइ पाएका थिए ।

सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरूङको साउन ७ गते चितवनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो । लव र सरोजले चोरी गरेको भनिएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ तथ्य बाहिर आएको थियो । हत्याको आरोप लागेका गंगाधरविरूद्ध बिहीबारको फैसलाले २५ वर्ष कैद तोकेको छ ।

निर्दोष ठहरिएसँगै उनीहरूको जागिर पुनर्बहाली हुने भएको छ । तर ड्युटीको समयमा अन्य साथीलाई ड्युटी छाडेर आफूहरू दोहोरी साँझ गएको आरोपमा बढुवा भने ३ वर्षका लागि रोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);