मोडेल तथा कलाकार निशा घिमिरेको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

मोडेल तथा कलाकार निशा घिमिरेको निधन

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै निशाको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको जानकारी दिएको हो ।

अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र अस्पतालले गरेका सबै प्रयासका बाबजुद पनि मोडल घिमिरेलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ ।

भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला २०७८ जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो ।

उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी थिईन् ।

Leave a Reply