प्रदेश प्रमुखको काठमाडौं आवास सुविधा लिन्न : बागमती प्रदेश प्रमुख शर्मा | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

प्रदेश प्रमुखको काठमाडौं आवास सुविधा लिन्न : बागमती प्रदेश प्रमुख शर्मा

प्रदिप ढुंगाना,
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव शर्माले प्रदेश सरकारका प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौँमा उपलब्ध गराइएको सुविधा नलिने बताएका छन् ।

प्रदेश प्रमुख शर्माले काठमाडौँमा आफ्नै निवास भएकाले डाउनटाउन अपार्टमेन्टमा उपलब्ध गराइएको सम्पर्क कार्यालय प्रयोग नगर्ने घोषणा गरेका हुन् । शर्माले प्रदेश प्रमुखको कार्यालयका सचिवलाई सम्पर्क कार्यालय नराख्न भनिसकेको बताए ।

शर्माले आफूसँग रहने सुरक्षाकर्मी र कर्मचारीलाई आफ्नै निवासमा दुई वटा कोठा दिएर राख्ने तर राज्यको सुविधा नचाहिने बताए ।

शर्माले भने–‘यस्तो सुविधा दुरुपयोग मात्र होइन, बदमासी पनि हो भन्ने लागेर सम्पर्क कार्यालयलाई निरन्तरता नदिने निर्णयमा पुगेँ ।’

प्रदेश प्रमुख शर्माले संविधान र कानुनअनुसार आफ्नो तोकिएको भूमिकामा क्रियाशील रहने बताए । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई बिदा गरेर शर्मालाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);