शल्यक्रियापछि टाउको छुट्याईएका जुम्ल्याह मध्ये एकको होस आयो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

एजेन्सी, १३ कार्तिक । भारतमा टाउको जोडिएर जन्मिएका दुई नाबालकको टाउको छुटाउन भएको शल्यक्रियाको चौथो दिन एक बालकले आँखा खोलेको उपचारमा संलग्न डाक्टरले बताएका छन्।

प्राध्यापक दिपक गुप्ताले जागा नाम गरेका बालकले आँखा खोलेको र सामान्य खालका प्रतिक्रियाहरु जनाएको बीबीसीले जनाएको छ । जागा अहिले भेन्टिलेटरमा छन् र मृगौलामा समस्या देखिएकाले उनलाई दैनिक डायलाइसिस गर्नुपर्नेछ।

जागाका जुम्ल्याहा कालिया भने अझै होसमा आएका छैनन्। उनीहरुको शल्यक्रिया गत साता दिल्लीस्थित सरकारी अस्पतालमा भएको थियो। दुई वर्षीया यी बालकहरुको टाउको छुटाउनका लागि डाक्टरहरुलाई १६ घण्टाभन्दा बढी समय लागेको थियो।
भारतमै पहिलोपटक भएको भनिएको यस किसिमको शल्यक्रिया ३० सदस्यीय डाक्टरहरुको समूहले गरेको थियो। यी जुम्ल्याहाको पहिलो शल्यक्रिया अगष्ट २८ तारिखका दिन भएको थियो।

ताजा समाचार