जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई जना मन्त्रीको कार्यभार हेरफेर गरेका छन् ।
मुख्यमन्त्री राउतले अर्थमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्।
राउतले यसअघि कृषि तथा सहकारी र भूमि व्यवस्थामन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालय र अर्थमन्त्री रहेका विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भूमि व्यवस्थाको जिम्मेवारी दिएका छन्।