एकीकृत समाजवादीमा मन्त्री छान्नै सकस, ६ कोटामा १० जनाको दौडधुप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकीकृत समाजवादीमा मन्त्री छान्नै सकस, ६ कोटामा १० जनाको दौडधुप

काठमाडौं । माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी)मा मन्त्री बन्न सांसदहरुको दौडधुप सुरु भएको छ । सरकारमा सहभागी भएपछि मात्र पदाधिकारी चयन र संगठन विस्तारको गृहकार्यमा जुटेको पार्टीको भागमा ६ जना मन्त्रीको कोटा परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई ६ मन्त्री दिने र आवश्यक परे दुईवटा मन्त्रालय थप्न सकिने बताएपछि पार्टीभित्र मन्त्री बन्ने दौडधुप तीव्र भएको हो ।

मन्त्री बन्ने दौडमा वामदेव गौतम पत्नी तुलसा थापादेखि सांसद नभएका नेतासमेत सहभागी छन् ।

एकीकृत समाजवादी पार्टीका एक नेताकाअनुसार कलम चिन्ह लिएर स्वतन्त्र हैसियतमा राष्ट्रियसभा सदस्य जितेका खिमलाल देवकोटा पनि मन्त्रीका आकांक्षी हुन् ।

एमाले नेता रामबहादुर थापा (बादल)लाई असहज अवस्थामा पनि हराएकोले यसपटक आफुले मन्त्री पाउनुपर्ने उनको दावी छ ।

हालसम्म पनि मन्त्री बन्ने पालो नआएका बेदुराम भुषाल, २०४८ सालमै सांसद भएका विरोध खतिवडा र पुराना नेता मुकुन्द न्यौपानेले पनि यसपटक मन्त्री बन्ने इच्छा देखाएका छन् ।

नयाँ पार्टी निर्माणका क्रममा माधव नेपाललाई नजिकवाट सहयोग गरेका मेटमणि चौधरी, केपी ओली खेमा छाडेर पछिल्लो दिन नेपाल खेमामा खुलेका प्रेम आले र किसान श्रेष्ठ पनि मन्त्रीको दौडधुपमा छन् ।

पार्टीभित्रैको एउटा खेमा नेतृ रामकुमारी झाँक्रीलाई मन्त्री बनाएर पठाउने लविङमा लागिरहेका बेला झाँक्री स्वयंले पनि मन्त्री बन्ने इच्छा देखाएको ती नेताले न्युज कारखानालाई बताए ।

सुदुरपश्चिमबाट निरादेवी जैरुले आफु मन्त्री बन्न पाउनुपर्ने दावी गरेकी छन् भने दलितकोटाबाट मन्त्री बन्न पाउनुपर्ने भन्दै पार्वती विशंखेले लविङ गरिरहेको ती नेता बताउँछन् ।

सांसदसँगै केही केन्द्रीय सदस्यलेसमेत मन्त्री पदमा आकांक्षा देखाएका कारण नेपालले निकटका नेताहरुसँग कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);