विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य भाई रामप्रसाद आचार्यको अन्त्येष्टिमा सहभागी भएका छन् । भाइ रामप्रसादको आजै निधन भएको हो ।
सुनसरीको इनरुवास्थित घरमा रामप्रसाद मृत फेला परेका थिए । भाईको मृत्युको खबर सार्वजनिक भएकै समयमा एमाले प्रदेश १ संसदीय दलको नेतामा आचार्य चयन भएका थिए ।
यसलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएर सपथ र पदभार ग्रहण गरेका आचार्य पछि भाईको अन्त्येष्टिमा सहभागी भएको उनका स्वकीय सचिव अनिलराज धामीले जानकारी दिए ।