काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि शनिबारसम्म पूर्व देखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रेहेको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार एक प्रेस नोट जारी गर्दै शनिबारसम्म भारी वर्ष हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने सम्भावना रहेको छ । विषेश गरी प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले आगामी तीन दिनसम्म सर्वसाधारण तथा विपदमा खटिने सबैलाई सतर्क रहन आग्रह गरेको छ ।