बानेश्वर बैंकेट निधिको सम्पर्क कार्यालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

बानेश्वर बैंकेट निधिको सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्को सातादेखि सुरु हुँदैछ । भदौ १८ गतेदेखि वडा तहको अधिवेशन प्रारम्भ हुँदैछ । मंसिर १३ गते कांग्रेसको १४औं महाधिवेशन सम्पन्न हुनेछ । यसैक्रममा १४औं महाधिवेशनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सभापतिको उम्मेदवारीको तयारी गरिरहेका निधिले शुक्रबार सम्पर्क कार्यालय शुभारम्भ गर्दैछन् । बानेश्वरस्थित बानेश्वर बैंकेटमा सम्पर्क कार्यालय शुभारम्भ गर्न लागिएको निधिले जानकारी दिए ।

अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएका निधिले यसपटक भने आफैं सभापतिका लागि तयारी गरेका छन् । उनले आफूलाई सभापतिमा सहयोग गर्न देउवासँग प्रस्तावसमेत गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);