दल दर्ता भएपछि लोसपाको पहिलो बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

दल दर्ता भएपछि लोसपाको पहिलो बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगले दल दर्तालाई मान्यता दिएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बबरमहलस्थित मधेस भवनमा अपरान्ह १ बजेदेखि सुरु हुने बैठकलाई नयाँ पार्टी गठनपछिको भावी रणनीतिका बारेमा छलफल हुनेछ ।

उपेन्द्र यादवसँग अलग भएपछि विभाजनका आरोप चिर्न मुख्यतः बैठक केन्द्रित हुनेछ । नयाँ दल दर्ताको सनाखत गर्दा १७ जना केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना सांसदले हस्ताक्षर गरेका थिए । यो भनेको जसपाको पूर्ण केन्द्रीय कार्यकारिणी समितिको ३१ र संसदीय दलको ४१ प्रतिशत हुन जान्छ ।

Leave a Reply