कांग्रेसका जिल्ला सभापतिहरु केन्द्रीय कार्यालय अगाडि धर्नामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

कांग्रेसका जिल्ला सभापतिहरु केन्द्रीय कार्यालय अगाडि धर्नामा

काठमाडौं । क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरिनु पर्ने माग गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने माग राख्दै मंगलबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन् ।

कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका झन्डै दुई दर्जन जिल्लाका सभापतिहरु धर्नामा बसेका छन् । प्रत्येक व्यक्तिले आफ्नो नाम क्रियाशील सदस्यताको नामावलीमा भएको नभएको हेर्न पाउनु पर्ने र आफ्नो नाम थर केही विग्रेको भए सच्याउने मौका पाउनुपर्ने उनीहरुको माग रहेको छ ।

धर्नामा रहेका जिल्ला सभापतिहरुले महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापतिमा उठ्न पाउने विधानको व्यवस्था लागू गरिनुपर्ने समेत माग गरेका छन् । एक निर्वाचन क्षेत्र भएको ठाउँमा क्षेत्रीय प्रतिनिधि पनि जिल्ला सभापति उठ्न पाउने व्यवस्था नेतृत्वले गरेकोमा उनीहरुको आपत्ति रहेको छ ।

वडादेखि जिल्लासम्म क्रियाशील सदस्यको नाम छुटेको हुन सक्नेमा उनीहरुको आशंका रहेको छ ।

यसअघि भदौ १६देखि भदौ १९ गतेसम्मका लागि तोकिएको १४ औं महाधिवेशन क्रियाशील सदस्यता विवाद र महामारीलाई कारण देखाउँदै स्थगित गरिएको थियो । सोमबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

१४ औं महाधिवेशनका लागि कांग्रेसले १३ औं महाधिवेशनको क्रियाशील सदस्य संख्याभन्दा दोब्बर आठ लाखभन्दा बढी क्रियाशील सदस्य रहेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);