काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
सोमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल/मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएको हो । अब पेट्रोल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ कायम भएको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासमा पनि निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ । अब प्रति सिलिन्डरको मूल्य एक हजार चार सय ५० रुपैयाँ पुगेको छ ।
हवाई इन्धनमा आन्तरिक तर्फको मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएको र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोमिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलोमिटर पु-याएको निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको दावी गर्दै आएको छ ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/08/release_Q3B2Dj3LL2-1.jpg?resize=701%2C940&ssl=1)