बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । मुख्यमन्त्री केसीले आफुलाई विश्वासकाे मत दिन सबै सांसदलाई आग्रह गरेका छन् ।
बैठकमा विपक्षी दल एमालेका सांसदहरु भने छैनन् ।
विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले विकासको गतिलाई बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले प्रमुख प्रतिपक्षी दलका नेतालाई विधि प्रक्रियाप्रति सम्मान गर्न आग्रह पनि गरे ।
विश्वासको मतको प्रक्रिया अनुसार अहिले मतदान सुरु भएको छ ।