अमेरिकाको टेनेसी राज्यमा आएको बाढीमा परेर २१ जनाको मृत्यु, सयौं बिस्थापित | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

अमेरिकाको टेनेसी राज्यमा आएको बाढीमा परेर २१ जनाको मृत्यु, सयौं बिस्थापित

एजेन्सी ।अमेरिकाको टेनेसी राज्यमा भारी बर्षापछि आएको बाढीमा २१ जनाको मृत्यु भएको छ ।

दक्षिण पुर्वी राज्य टेनेसीका अधिकाँश घरहरु बाढीको चपेटामा परेका छन् भने सयौ बिस्थापित भएका छन् । प्रतिघण्टा ४ सय ३० मिलिमिटरको दरले भएको बर्षापछी आएको बाढी घर घरमा पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

बाढीले बिजुलीका पोलहरुमा क्षति पुर्याउनुका साथै यातायात समेत अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण सञ्चार सम्पर्क टुटेकाले कति मानिस बेपत्ता भए भन्नेबारे यकिन बिवरण नआउन नसकेको अधिकारीहरुले जनाएका छन् ।

साथै भारी बर्षा अझै केही दिन रहने मौसमबिदहरुले जनाएका छन् ।

Leave a Reply