पर्सामा स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनका लागि मन्दिर खुला | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नितेश कर्ण,
पर्सा । पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएपछि स्वास्थ्य मापदण्ड अपनाएर मठ मन्दिरमा पूजा गर्न आउने भक्तजनहरूका लागि मन्दिर खुला गरिएको छ ।

गत वर्ष लकडाउन तथा निषेधज्ञाका कारण मठ मन्दिरहरु पूर्व रुपमा बन्द गरिए पनि यस यस वर्ष कोरोना संक्रमितको संख्यामा कमि आए पछि भक्तजनहरू को लागि मन्दिर खुला गरिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नं १० मा रहेको बैधीमाईको मन्दिरमा आज पूर्णवति गर्न आउने भक्तजनहरूको निकै भीड थियो ।

सात दिनसम्म धामी झाकिहरुले मन्दिरमा विभिन्न गीत-संगित गाएर पूजा पाठ गर्ने र अन्तिम दिनमा पूर्णवति भए पछि खसी, कुखुरा, हास, परेवालाई बलि दिने गरिन्छ ।

बैधी माईको मन्दिरमा प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीको दिनदेखि धामी झाकिहरुले सुरू गर्ने गरेको र श्रावण शुक्लपक्षको चतुर्दशीका दिन पूर्णउति भए पनि पूजा समाप्त हुने गर्दछ । यहा मातासँग मागेको कुरा सबै पुरा हुने विश्वास रहेको छ ।

मन्दिरमा पर्सा, बारा तथा सिमावर्ती शहर भारतबाट पूजा आजा गर्नको लागि भक्तजनहरु आउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);