पूर्व-पश्चिम राजमार्गको विकल्पका रूपमा खुल्यो धरान-हेटौंडा सडक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

धरान, १२ कार्तिक । चतरा-गाइघाट-कटारी-सिन्धुली-हेटौंडा सडकको ट्र्याक खुलेको छ। पहाडी क्षेत्रलाई लक्षित गरी पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा एक वर्षअघि यो सडक निर्माण सुरु गरिएको हो।

तीन वर्षभित्र ११ मिटर चौडाईको दुई लेन सडक निर्माण गर्ने गरी पश्चिमखण्ड इकाइ सडक आयोजनाले निर्माणको काम गरिरहेको छ। आयोजनाले शनिबार हेटौंडामा अन्तरक्रिया गरी यसबारे जानकारी गराएको हो।

कार्यक्रममा निर्माण कम्पनी, इन्जिनियर र सरोकारवालाको सहभागितामा थियो। धरानदेखि हेटौंडासम्म सवारी ओहोरदोहर गर्ने गरी ट्र्याक खोल्ने कार्य सकिएको कार्यक्रमा जानकारी दिइयो।

योजनाका पश्चिमखण्ड प्रमुख कर्णबहादुर रानाभाटले सडकको भौतिक प्रगति करिब पाँच प्रतिशत मात्र देखिए पनि सामाजिक तथा आर्थिक प्रगति करिब १५ प्रतिशत भइसकेको जानकारी दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।

ताजा समाचार