लम्बिनी प्रदेशमा एमालेको अवरोधका कारण दोश्रो दिन पनि सदन चल्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

लम्बिनी प्रदेशमा एमालेको अवरोधका कारण दोश्रो दिन पनि सदन चल्न सकेन

बिमल क्षेत्री,

रुपन्देही । लुम्बिनी प्रदेशको प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले बुधबारको संसद बैठकमा अवरोध सिर्जना गरेका छन् । मंगलबारदेखि सुरु भएको प्रदेश सभाको नवौं अधिवेसनको दोश्रो बैठक पनि अवरोध एमालेले रोष्ट्रमनै घेराउ गर्दै अवरोध गरेका हुन ।

सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समुहका अजय शाही र उप चुनावमा नेकपाबाट चुनाव जितेकी विमला वली खत्रीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेश सभालाई जानकारी गराउन माग गर्दै एमालेका प्रदेश सभा सदस्यहरुले रोष्ट्रम घेराउ गर्दै संसदमा अवरोध सिर्जना गरका हुन ।

एमालेले आफ्नो पार्टीबाट चुनाव लडेका दुई सांसदहरु राजनीतिक दलसम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारवाही गरेको पत्र सभामूखलाई बुझाइसकेको छ । उक्त पत्र सभामूखले प्रदेश सभामा पढेर नसुनाउँदा सम्म सदन चल्न नदिने अडानमै एमाले रहेको छ ।

कारबाहीको लागि प्रदेशसभा सचिबालयमा नेकपा एमालेले सिफारिस गरेका २ सांसदको विषय विशिष्ट खालको केश भएकाले सभामुखलेनै अध्ययन गरेर निर्णय लिने सत्तापक्षको भनाई छ । प्रतिपक्षसँग संवाद जारी राखेर संसदका गतिविधि अगाडी बढाउने सत्तापक्षको तयारी छ ।

त्यस्तै, प्रदेश सभाले भने २ सांसदको कारबाही प्रक्रिया अरु भन्दा फरक रहेकोले आवश्यक अध्ययन गरी १५ दिनभित्र निस्कर्षमा पुग्ने जनाएको छ ।

संसद बैठकमा नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले सम्बोधन गर्ने देखी आवश्यक केही ऐनहरु पेशहुन सकेका छैनन् । निरन्तरको प्रदेश सभा अवरुद्ध हुँदा प्रदेश सभा तथा प्रदेश सरकारकै गतिविधिमा ठुलो असर पर्ने छ । आगामी बैठक बिहिवार १ बजे बस्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);