काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पद पुनर्वहालीको माग गर्दै पूर्व निर्दशक हितन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।
शाक्यको मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।
शाक्यले निर्देशक पद ‘थमौती गरिपाउँ’ भन्दै सोमबार सर्वोच्चमा रिट दायर गराएका थिए । उनले प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफूलाई हटाई कुलमान घिसिङलाई गरिएको नियुक्ति बदरको माग गरेका हुन् ।
पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत आफ्नो अधिकार हनन भएको उनको रिटमा उल्लेख गरिएको छ । निर्देशकको पदमा आफूलाई पुनर्बहानली गर्न शाक्यले अन्तरिम आदेशको माग गरेका छन्