दुनियाँभर मादल बज्दा पनि ब्यूँझिएन परमादेश सरकार : गोकुल बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

दुनियाँभर मादल बज्दा पनि ब्यूँझिएन परमादेश सरकार : गोकुल बास्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शुन्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न माग गरेका हुन् ।

हाल नेपालले नै सार्क राष्ट्रको अध्यक्षतामा गरिरहेको भएपनि अफगानिस्तानमा रहेका नेपालीहरुको समस्याका बारेमा सरकार मौन रहेको बास्कोटाले आरोप लगाएका छन् । उनले परमादेश सरकार दुनियाँ भर मादल बज्दा पनि नब्यूँझिएको आरोप लगाए ।

अफगानिस्तानमा संकटमा परेका नेपालीले आफ्नो देश र देशमा सरकार भएको पनि थाहा पाउन नसकेको भन्दै बास्कोटाले सरकारको आलोचना गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);