बुवाले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बुवाले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु

प्रकाश नेपाल,
पाल्पा । भरुवा बन्दुकले स्याललाई मार्ने क्रममा छोराको मृत्यु भएको छ ।

रिब्दीकोट गाउँपालिका–६, तल्लो ताल बस्ने ५६ वर्षका कर्णबहादुर लम्तरीले घर नजिकैको बारीमा आएको स्याललाई मार्ने क्रममा एक्कासी भरुवा बन्दुकले छोराको छाउकोमा लागेर आफ्नै ३५ वर्षका छोरा धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेतिर घरदेखि १०० मीटर परको जंगलमा स्याल मार्ने क्रममा बन्दुकको गोली छोराको टाउकोमा लागेर छोराको मृत्यु भएको हो ।

प्रहरीले बुवा कर्णबहादुर र घटनामा प्रयोग भएको बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);