हुम्ला । प्रहरीले हुम्ला विमानस्थलबाट पाँच किलो ३ सय ग्राम यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले पाँच किलो ३ सय यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्का हुम्ला बस्दै आएका ३१ वर्षीय नुर्वु तामाङ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाउको छ । तामाङलाई नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको बिमानबाट यार्सागुम्बा बदामद गरिएको प्रहरीले बताएको छ ।
सिमकोट विमानस्थलमा खटिएको प्रहरीले नियमित जाँच गर्ने क्रममा पुर्जी विनाको पाँच किलो यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तामाङलाई पनि डिभिजन वन कार्यालय हुम्लामा बुझाइएको प्रहरीले जनाएको छ ।