सिराहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिराहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मुकेश कुमार यादव,

सिराहा । प्रदेश नम्बर दुई सिरहाको खोलामा ट्याक्टर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु भएको छ ।

धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै नम्बर मेटिईसकेको ट्याक्टर बुधबार बिहान २ बजेतिर पल्टिदा गोलबजार नगरपालिका ५ का ३० वर्षिय अरुण यादवको मृत्यु भएको हो ।

यादव ट्याक्टरमा लेवरको रुपमा काम गर्ने बताइएको छ । साउन देखि भदौ मसान्तसम्म खोला बन्द हुने भएकाले रातको समयमा बालुबा चोर्न गएको बेला ट्याक्टर अनियन्त्रीत भई पल्टिएको हुनसक्ने प्रहरीले बताएको छ ।

ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सबै फरार भएका छन् । बिहान गाउँले देखेर प्रहरीलाई खबर गरेको जनाइएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भईरहेको जनाउँदै प्रहरीले चालक र ट्याक्टरधनीको खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);