०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अनुसन्धान गर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अनुसन्धान गर्न सांसदको माग

काडठमाडाैं । राष्ट्रियसभा सदस्य माया प्रसाद शर्माले ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अनुसन्धान गर्नुपर्ने बताए ।

मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले देशमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई निर्मुल गर्न नसके हालसम्म भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकिने भन्दै ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए ।

देशमा भ्रष्टाचार बढेको भन्दै उनले अनियमितालाई शुन्य सहनशिलतामा झार्नुपर्नेमा जोड दिए । सांसद शर्माले भूमि सम्बन्धी समस्या समाधान आयोगमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केवल आफ्नो मानिसहरुलाई मात्रै भर्तिकेन्द्र बनाएकोले विघटन गर्नुपरेको बताए ।

उनले वर्तमान सरकारले सर्वस्वीकार्य आयोग बनाएर भूमिहिनहरुको समस्या समाधान गर्नेमा विश्वास व्यक्त गरे । शर्माले शान्ति प्रक्रियाका कामहरु बाँकी नै रहेको भन्दै सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगलाई क्रियाशिल बनाएर समस्याको हल गर्नुपर्ने जरुरी रहेको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);