साझा न्यूनतम कार्यक्रम संसदमा प्रस्तुत नगरी बाहिर प्रस्तुत गरेकोमा ओलीको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

साझा न्यूनतम कार्यक्रम संसदमा प्रस्तुत नगरी बाहिर प्रस्तुत गरेकोमा ओलीको आपत्ति

काठमाडौं । सरकारले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम संसदमा प्रस्तुत नगरी बाहिर प्रस्तुत गरेकोमा आपत्ति जनाएका छन् ।

गठबन्धन सरकारले कार्यदल गठन गरी सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रम तयारी गरी गएको आइतबार सर्वाजनिक गरेको थियो । संसद चलिरहेका समयमा संसद छलेर बाहिर सार्वजनिक गरेको भन्दै ओलीले आपत्ति जनाएका हुन् ।

अघिल्लो सरकारले संसद छल्यो भन्ने आरोप लगाउनेहरुले नै संसद छलेर यस्तो कार्यक्रम प्रस्तुत गरेको उनले उल्लेख गरे ।

साथै उनले नेपाली कांग्रेसले उठाउँदै आएको एमसीसीका बारेमा न्यूनतम कार्यक्रममा कुनै उल्लेख नगरेको पनि आरोप लगाए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन भारतसँग वार्ता गर्छु भन्न नसक्ने तर त्यो विषयलाई समस्याका रुपमा प्रस्तुत गरेको उनको तर्क । सो समस्या नभई हाम्रो पवित्र भूभाग रहेको र त्यसलाई फिर्ता लिन आग्रह गरे । यदि फिर्ता ल्याउन सकेन भने डेढ वर्ष पर्खनुस् आफू सरकारमा आएर फिर्ता लिने बताए ।

सरकारले सीमा विवादका विषयमा तोकेर उल्लेख गर्न नसकेको भन्दै सरकार डराएको आरोप लगाएका छन् । साझा न्यूनतम कार्यक्रममा सीमा समस्या, एमसीसी केहीका बारेमा पनि कुनै पनि ठोस कुरा उल्लेख नगरेको उनको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);