एमालेमा अध्यक्ष र महासचिव बाहेकका पद खारेज हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमालेमा अध्यक्ष र महासचिव बाहेकका पद खारेज हुने

काठमाडौं । नेकपा एमालेमा अब अध्यक्ष र महासचिव बाहेकका अन्य पदहरु खारेज हुने भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार बसेको स्थायी कमिटी बैठकबाट पारित भएको विधान संशोधनमा एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदहरु खारेजीको प्रस्ताव गरिएको छ । तुलसीलाल स्मृति भवनमा जारी रहेको केन्द्रीय कमिटी बैठकबाट सो प्रस्ताव अनुमोदन गर्ने तयारी गरिएको छ ।

यस्तो प्रस्ताव सँगै नेता माधवकुमार नेपाल एमालेमा फर्किने सम्भावना गौण रहेको छ । बैठकमा एमाले पक्ष उपस्थित पनि भएका छैनन् ।

एमालेले यसअघि नै भदौ २७ र २८ गतेका विधान महाधिवेशन गर्ने तय गरेको छ । केन्द्रीय कमिटी बैठकमा यसविषयमा केन्द्रीत छलफल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);