एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको बिदाई भएको छ । क्लबसंगको सम्झौता नवीकरण नभएपछि गएको बिहीबारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए ।
आइतवार क्लबले गरेको बिदाई कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् । उनले आफ्नो बार्सिलोना बस्ने चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताए ।
६ पटकका बालोन डी’अर विजेता मेस्सी आफ्नो आगामी गन्तब्य निश्चित भइनसकेको बताएका छन् । उनले पीएसजी जाने कुरामा केही पनि निर्णय नभएको पनि बताएका छन् ।
मेस्सीले बार्सिलोनाबाट बिदाई भएपछि एकदिन फेरी फर्किने बाचा समेत गरे ।
स्टेजमा बोल्न सुरु नगर्दै रोएका मेस्सी आफ्नो भनाई टुङ्ग्याउने बेलासम्म पनि रोइरहे । मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् ।




